दलित महिला र बच्चा

                                                                   सूचना
राष्ट्रिय दलित आयोगद्वारा गठित जातीय अनुसूची अद्यावधिक कार्यदलले पेश गरेको प्रतिवेदनका आधारमा निम्न बमोजिमका जातहरु दलित अनुसुची भित्र पर्ने भनी मिति २०६८/०२/०२ मा बसेको आयोगको पूर्ण बैठकले निर्णय गरेको व्यहोरा सम्बन्धित सवैको लागि यसै सूचना मार्फत जानकारी गराईएको छ । साथै आयोगले सबै दलित जातका थरहरुपनि अद्यावधि गर्न लागेको हुनाले १ महिना भित्र तल उल्लेखित ठेगानामा पत्र वा इमेलद्वारा जातीय थरहरु पठाई सहयोग गरिदिनुहुनका लागि सम्पूर्ण दलित समुदायलाई अनुरोध गरिन्छ ।
दलित सूची :
क. पहाडे मूल
१. गन्धर्व गाईने २. परियार (दमाई दर्जी सूचीकार नकर्ची ढोली हुड्के)  ३.  वादी  ४.  विश्वकर्मा (कामी लोहार सुनार ओड चुनँरा पार्की टमटा)     ५ सार्की  (मिजार, चर्मकार, भूल)     ६.  पोडे (देउला, पूजारी, जलारी)   ७.   च्यामे (कुचीकार, च्याम्खल)
ख. मधेसी मूल
८. कलर ९.  ककैहिया १०.  कोरी ११.  खटिक १२.  खत्वे (मण्डल, खङ्ग)   १३. चमार (राम, मोची, हरिजन, रविदास)  १४. चिडिमार १५.  डोम (मरिक)   १६.  तत्मा (ताँती, दास)   १७.  दुसाध (पासवान, हजरा)    १८. धोवी (रजक, हिन्दु)   १९. पासी  २०.   बाँतर     २१.  मुसहर    २२.   मेस्तर (हलखोर)   २३.  सरभङ्ग (सरवरिया)    २४.  नटुवा   २५.   ढाँडी    २६. धरिकर/धन्कार

नोट: आयोगले हालसम्म अद्यावधि गरेका दलित जात भित्र पर्ने थरहरु आयोगको वेवसाईट  www.ndc.gov.np मा राखिएको हुनाले उक्त थरहरु बाहेक छुटेका थरहरु पठाउनुहुनका लागि अनुरोध छ ।

नेपाल सरकार
राष्ट्रिय दलित आयोग
मध्यवानेश्वर, सहभागिता मार्ग काठमाण्डौ फोन नं. ०१-४४७३३१७ ४४७४३३६ ४४७५९०९

फ्याक्सनं.०१-४४७५९८९  Email : info@ndc.gov.np         website : www.ndc.gov.np

मिति २०७८ असार १७ गतेको कान्तिपुर दैनिकमा सर्वाजनिक सूचना प्रकाशित भएको व्यहोरा समेत जानकारी गराईन्छ ।

 

 

                                                                पे्श विज्ञप्ती
                                                                                                                  मिति ः २०६८/०३/१९

मिति २०६८/०३/१९ मा राष्ट्रिय दैनिक अन्नपुर्ण पोष्ट पत्रिकामा प्रकाशित ूदलित बस्तीमा राति आक्रमणू भन्ने शिर्षकको समाचार प्रति राष्ट्रिय दलित आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ।

सुनसरी जिल्ला तनमुना गा.वि.स. वाड नं. ६ र ७ मा पर्ने एक दलितपासवान बस्तीमा कथित उपल्ला जातिका मानिस संलग्न करिब दुइसय जना हतियारधारी समुहले सांघातिक आक्रमण गरी जगत पासवानको बायाँ कान काटिएको र १५ जना भन्दा बढी व्यक्तिहरुलाई मरणासन्न हुनगरी निर्मम रुपमा आक्रमण गरी घाईते बनाएको कुरा समाचारबाट प्रष्ट हुन आएको छ ।

स्थानीय चोकको नामकरण गर्ने विषयलाई लिएर यसरी गरिब दलितहरु माथि योजनाबद्ध ढंगले ठूलो हतियारधारी समुह सहित रातको समयमा गाउँलाई नै लक्षित गरी निर्मम रुपमा सांघातिक हमला गर्नु महिला वालवालिकालाई कुटपीट गर्नु र शान्तिसुरक्षामा खलल पुर् याउनुले अन्तरिम संविधान २०६३ बमोजिम मानिसको स्वतन्त्र र शान्तिपूर्वक बाँच्न पाउने मौलिक अधिकारको घोर उल्लंघन भएको छ । उक्त घटनाको राष्ट्रिय दलित आयोग घोरभत्स्रना गर्दै घटनाका सम्पूर्ण घाईतेलाई तुरुन्त निःशुल्क उपचारको व्यवस्था गर्न पीडित गाउँलेहरुको जीउज्यानको सुरक्षा प्रदान गर्न पीडितहरुलाई उचित न्याय दिलाउन र पीडकहरुलाई कडा भन्दा कडा कारवाही गर्नका लागि राष्ट्रिय दलित आयोग सम्बन्धित सम्पूर्ण सरोकार निकायलाई हार्दिक आव्हान गर्दछ ।



…………........
जीवन परियार
सदस्य सचिव